
बैंकिङ खबर/ पू्र्व अर्थमन्त्री डा.युवराज खतिवडाले सेयर र घरजग्गामा कडाइ गर्नुपर्ने बताएका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
शोधान्तरमा स्थितीमा सुधार नभएको र मुद्रास्फीति ८ प्रतिशतको नजिक रहेको बताउँदै उनले भने सतर्क हुनु पर्ने बताए ।
‘अहिले पनि बैकहरु ओभर क्यापिटालाइज्ड भएका छन्, अब ऋण लगानी गर्नुस् निक्षेप उठाउनुस्, पूँजी पुगिसकेको छ, सेयर बजार र घरजग्गामा कडाइ गरौं,’ उनले भने ।
प्रत्येक वर्ष ३० प्रतिशतले बिजनेश बढ्दा पनि बैंकरहरु खुशी नभएको उनी बताउँछन् । साथै आफूले प्रयास गरेको भएपनि बैंक सञ्चालक र ब्यापारीहरु छुट्याउनु पर्ने उनको भनाइ छ । उनले बैंकको ब्याजदर एकल अंकमा हुनुपर्ने बताए ।
‘बैंकका मालिक र बिजनेस म्यान छुट्याउनुपर्छ, मैले प्रयास गरको हो तर सम्भव भएन, अब आवश्यक छ,’ उनले भने, ‘निक्षेपको ब्याजदर एकल अंकमा र कर्जाको ब्याजदर न्यूनतम दोहोरो अंकमा राख्नुपर्छ ।’
उनले रिफाइनान्समा पैसा बढाउन आवश्यक रहेको बताए । साथै, सहकारीको नियमन राष्ट्र बैंकले गर्न नहुने उनको भनाइ छ । राष्ट्र बैंकले लाइसेन्स दिएर पनि लघुवित्तको नियमन गर्न नसकेको बताए ।




