Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपाल राष्ट्र बैंकले माग्याे हवाई टिकटका लागि आवेदन

२०८० जेष्ठ ३१ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि हवाई टिकट उपलब्ध गराउने गरी टिकट विक्रेता/ट्राभल्स एजेण्टहरुलाई मौजुदा सूचीमा दर्ता गराउन सार्वजनिक आह्वान गरेको छ ।

बैंकले केन्द्रीय कार्यालयको लागि आगामी आर्थिक वर्षका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय हवाई टिकट उपलब्ध गराउन इच्छुक ईजाजत प्राप्त अन्तर्राष्ट्रिय हवाई टिकट विक्रेता/ ट्राभल एजेन्सीहरुसँग आवेदन माग गरेको हो ।

उपलब्ध फाराममा तोकिएका योग्यता सहितका कागजातहरु समावेश गरी सूचना प्रकाशित भएको मितिले १५ औं दिन (सो दिन सार्वजनिक विदा परेमा तत्पश्चात् कार्यालय खुलेको पहिलो दिन) मित्र बैंकको केन्द्रीय कार्यालय, सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको मौजुदा सूची (स्ट्याण्डिङ्ग लिष्ट) मा सूचीकृत भइसक्ने समेत बैंकले आह्वान गरेको छ ।

नेपाल राष्ट्र बैंक खरिद विनियमावली २०७१ (संशोधन सहित) को विनियम १८ बमोजिम बैंकले बुधबार सूचना प्रकाशित गरेको हो ।