
बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाले हायर प्रर्चेज कर्जा घटाएका छन्। वैशाख मसान्तसम्म बैंकहरूले १ खर्ब ३८ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेका छन्। गत वर्ष त्यही अवधिमा वित्तीय संस्थाहरूले १ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
बैंक तथा वित्तीय संस्थाहरुले टर्म लोनबापत १४ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। पछिल्लो समय बैंकहरुको टर्म लोन कर्जा बढेको छ। गत वर्ष त्यही अवधिमा बैंकहरूले ११ खर्ब ४ अर्ब रुपैयाँ टर्म लोन प्रवाह गरेका थिए।


