२०८० जेष्ठ २५ गते

भारतीय केन्द्रीय बैंकले ब्याजदर नबढाउने


बैंकिङ खबर/भारतिय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआइ) ले ब्याजदर नबढाउने निर्णय गरेको छ । बिहीबार मौद्रिक नीति समितिले रिपो रेट यथावत राख्ने निर्णय गरेको हो। आरबीआइको रिपो रेट ६.५ प्रतिशत छ। सन् २०२२ मेदेखि आरविआइले रिपो रेट बढाउदै आएको थियो भने यसअघिको मौद्रिक नीति समितिको बैठकले पनि रिपोरेट नबढाउने निर्णय गरेको थियो। आरविआइले रिपो रेट स्थिर राखेको दोस्रो पटक हो। केन्द्रिय बैंकले २.५ प्रतिशत विन्दु रिपो रेट बढाएको छ।

भारतमा महँगी भने ४ प्रतिशत माथि रहने आरविआइले जनाएको छ।। महंगी नियन्त्रण गर्न विश्वका अन्य देशहरुले जस्तै भारतिय रिजर्भ बैंकले पनि रिपो रेट बढाउदै लगेको थियो। अहिले अन्य विकशित देशका केन्द्रीय बैंकले पनि ब्याजदर बढाउन छोडिसकेका छन्। रिपो रेट नबढ्दा कर्जाको ब्याजदर समेत बढ्ने छैन। समितिले चालु आर्थिक भारतको आर्थिक वृद्धिदर साढे ६ प्रतिशत हुने अनुमान गरेको छ।