Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आन्तरिक ऋणको ब्याज घट्न थाल्यो

२०८० जेष्ठ २३ गते

बैंकिङ खबर/ सरकारले लिने आन्तरिक ऋणको ब्याजदर घट्न थालेको छ । १२ प्रतिशतसम्म पुगेको ब्याजदर ९ प्रतिशतभन्दा तल आएको हो ।

सरकारले सोमबार ५ अर्ब रुपैयाँको नयाँ आन्तरिक ऋण उठाउँदै २५ अर्ब ८७ करोड ५० लाख रुपैयाँको पुरानो नवीकरण गरेको छ । यसको ब्याजदर अघिल्लो पटकको भन्दा घटेको छ ।

अघिल्लो पटक २८ दिनेको ब्याज ७.५४ प्रतिशत, ९१ दिनेको ९.१६ प्रतिशत, १८२ दिनेको ९.१३ प्रतिशत र ३६४ दिनेको ८.८० प्रतिशत ब्याज कायम भएको थियो ।

सोमबार २८ दिनेको ७.३५ प्रतिशत, ९१ दिनेको ८.८६ प्रतिशत, १८२ दिनेको ८.७१ प्रतिशत र ३६४ दिनेको ८.३३ प्रतिशत ब्याज कायम भएको छ । राष्ट्र बैंकले घटाएको बैंक दरको असर क्रमशः देखिन थालेको हो । साढे ८ प्रतिशतको बैंक दर साढे सात प्रतिशतमा झारेको छ । यसबाहेक अहिले तरलता पनि बढेर गएको छ । यसले पनि आन्तरिक ऋणको ब्याजदर घटेको हो ।