
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले स्थिति सहज भएमा बैंकको ब्याजदर घट्न सक्ने बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले भने, ‘बैंकदर अझै घट्छ, समयले साथ दियो भने थप घटाउन सकिन्छ,’ उनले भने– ‘तर स्थिति सहज भएन भने फेरि पीडा सहनै पर्छ ।’
बजेटको सिलिङमा हस्ताक्षर गर्ने व्यक्ति आफू पनि रहेको जानकारी गराउँदै उनले बजेटको आकार व्यापक छलफलपछि आएको बताए ।बजेटमा रिफर्मका विषय पनि आएका बताउँदै उनले त्यसमा निजी क्षेत्रको सहकार्यका विषय रहेको जानकारी गराएका छन् ।
त्यस्तै, उनले अनावश्यक संस्था खारेज तथा गाभ्ने विषय सुधारको संकेत रहेको व्यक्त गरे । आगामी वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने र सन् २०२४ मा मुल्यवृद्धि घट्ने ग्लोबल रिपोरेटले देखाएको गर्भनर अधिकारले बताए । त्यस्तै, आगामी साउन १५ गतेभित्र मौद्रिक नीति आउने बताउँदै उनले बजेट कार्यान्वयन गर्न मौद्रिक नीतिले भूमिका खेल्ने समेत बताए ।


