Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुमा १.४७ अर्ब लगानी गर्दै राष्ट्र बैंक

२०८० जेष्ठ २२ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले करिब डेढ अर्ब रुपैयाँ बैंकहरुमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले साेमबार एक सूचना प्रकाशित गरी बैंकको उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ४७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जनाएको हो।

राष्ट्र बैंकले उक्त कोषमा रहेको रकमध्ये १ अर्ब १७ करोड ६० लाख रुपैयाँ वाणिज्य बैंकमा, २२ करोड ५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र ७ करोड ३५ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा मुद्दति निक्षेपका रुपमा लगानी गरिने जनाएको छ।

यस्तो लगानी २०८० असार १ गतेदेखि २०८१ असार २ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

इच्छुक बैंक तथा वित्त कम्पनीले मुद्दति निक्षेपका रुपमा लिन चाहेको रकम खोली आउँदो जेठ २४ गते बेलुका ७ बजेसम्म ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।