Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक, वित्तीय संस्थाले बढाउन थाले कर्जा प्रवाह

२०८० जेष्ठ २२ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह बढाउन थालेका छन्। पछिल्लो एक दिनमै वित्तीय संस्थाबाट ३ अर्ब रुपैयाँ लगानी भएको छ।

जेठ १५ गतेसम्म बैंक तथा वित्तीय संस्थामा ४८ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा एकैदिन अर्थात जेठ १५ गतेसम्म आइपुग्दा ३ अर्बले बढाएर ४८ खर्ब ५५ अर्ब कर्जा प्रवाह गरेका छन्। वाणिज्य बैंकहरुले मात्रै सोही दिन २ अर्ब कर्जा प्रवाह गरेका हुन्। बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह बढ्दा निक्षेप भने घटेको छ।

सोही एकै दिन बैंक तथा वित्तीय संस्थाबाट ७ अर्ब रुपैयाँ निक्षेप घटेको छ। जेठ १५ गतेसम्म बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ११ अर्ब रुपैयाँ रहेको निक्षेप एकैदिन अर्थात जेठ १६ गतेसम्म आइपुग्दा ७ अर्बले घटेको छ।

सोही दिन वाणिज्य बैंकहरुको मात्रै निक्षेप ४ अर्ब रुपैयाँ घटेको छ। निक्षेप घट्दा यता बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८४.७४ प्रतिशतमा पुगेको छ।

यति बेला बैंकहरुमा तरलता सहज बन्दै गएको देखिन्छ। चालु आर्थिक वर्षको सुरुमा ९० प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८४ प्रतिशतमा झरेको छ। सीडी रेसियोलार्य हेर्दा बैंक तथा वित्तीय संस्था करिब ५ प्रतिशत लगानी गर्न सक्ने अवस्थामा देखिन्छन्।