Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

महंगोमा आन्तरिक ऋण नवीकरण गर्दै सरकार

२०८० जेष्ठ २१ गते

बैंकिङ खबर/सरकारले थप ५ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउँदै २५ अर्ब ८७ करोड ५० लाख रुपैयाँको नवीकरण गर्ने भएको छ। सरकारका लागि नेपाल राष्ट्र बैंकले २८ दिने अवधिको ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइ दिँदैछ। बाँकी भने नवीकरणवाला ऋण छ।

२८ दिने ३ अर्बको नवीकरण गर्दैछ। यसबाह्क ९१ दिने ६ अर्ब ४ करोड ५० लाख रुपैयाँको, १८२ दिने १० अर्बको र ३६४ दिने ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नबीकरण गर्न लागेको हो। सोमबार नयाँ र पुरानो आन्तरिक ऋण नवीकरण गरिने छ।

अघिल्लो पटक ९१ दिनेको ब्याज ७.५४ प्रतिशत, ९१ दिनेको ९.१६ प्रतिशत, १८२ दिनेको ९.१३ प्रतिशत र ३६४ दिनेको ८.८० प्रतिशत कायम भएको थियो।