Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

निक्षेपकर्ताले ब्याज आम्दानीबापत ६ प्रतिशत कर तिर्नुपर्ने

२०८० जेष्ठ १६ गते

बैंकिङ खबर/ निक्षेपकर्ताले ब्याज आम्दानीमा तिर्दै आएको कर सरकारले १ प्रतिशत विन्दुले बढाएको छ। सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याज आम्दानीबापत ६ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था गरेका हुन्।

यसअघि निक्षेपकर्ताले ५ प्रतिशत कर तिर्दै आएका थिए। सरकारले व्यवसायिक कृषिको कर पनि ह्‍वात्तै बढाएर १० प्रतिशत पुर्‍याइएको छ। यसअघि यसमा कुनै कर लाग्ने गरेको थिएन। गत आर्थिक वर्षको बजेटमार्फत् शून्यमा झरिएको थियो। अघिल्ला सरकारले कृषिको व्यवसायिकरणका लागि कर्पोरेट क्षेत्र ल्याउन करमा छुट दिएको थियो।