Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

यस्तो छ सरकारको आर्थिक सर्वेक्षण, हेर्नुहोस् पूर्णपाठ

२०८० जेष्ठ १४ गते

बैंकिङ खबर/सरकारले चालू आर्थिक वर्षको समीक्षा सहित आर्थिक सर्वेक्ष्ण सार्वजनिक गरेको छ। सर्वेक्षणले अर्थतन्त्र सुधार हुँदै गएको बताएको छ। कोभिड–१९ महामारीबाट प्रभावित विश्व अर्थतन्त्र क्रमिकरूपमा सुधारोन्मूख हुँदै गएको सर्वेक्षणमा उल्लेख गरिएको छ।

अधिकांश देशमा सार्वजनिक ऋण उच्च भएको कारण अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि थप वित्तीय स्रोत परिचालन गर्न वित्त नीतिको दायरा सीमित हुन पुगेको छ। रुस युक्रेन युद्धको कारण वस्तुको मूल्यमा तीब्र वृद्धि भई विश्व मुद्रास्फीतिमा परेको दबाब केही समयदेखि कम हुँदै गएपनि भू–राजनीतिक तनाव भने जारी नै छ।

सर्वेक्षणमा भनिएको छ,‘ आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर कम हुने अनुमान छ। चालु आर्थिक वर्षमा निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन सङ्कुचन हुने अनुमान छ। त्यसैगरी, यातायात तथा भण्डारण क्षेत्र, शिक्षा र मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रको उत्पादनको वृद्धिदर घट्ने अनुमान छ। ’ फलस्वरूप, आर्थिक वर्ष २०७९।८० मा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा २ दशमलव १६ प्रतिशत हुने अनुमान छ।