Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

चार अर्ब नयाँसहित २९ अर्ब १३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

२०८० जेष्ठ १४ गते

बैंकिङ खबर/सरकारले चार अर्ब रुपैयाँ नयाँसहित २९ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसमध्ये २५ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण नवीकरण गर्न लागेको हो।

आइतबार सरकारका लागि नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाइदिँदैछ। राष्ट्र बैंकले ९१ दिने ट्रेजरी बिलमार्फत ४ अर्ब नयाँ आन्तरिक ऋण उठाइ दिन लागेको हो।

यसबाहेक २८ दिने चार अर्ब, ९१ दिने ३ अर्ब १३ करोड, १८२ दिने ६ अर्ब र १२ अर्बको ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। अघिल्लो पटक २८ दिनेको ७.९१ प्रतिशत, ९१ दिनेको ९.३२ प्रतिशत, १८२ दिनेको ९.३५ प्रतिशत र ३६४ दिनेको ८.८ प्रतिशत ब्याजदर कायम भएको थियो।

बजेटको अघिल्लो दिन, आइतबार बोलकबोल हुने ट्रेजरीका लागि दरखास्त दिन बैंकले सार्वजनिक सूचना जारी गरेको छ । जेठ १४ गते दिउँसो ३ बजेट बोलकबोल हुने ट्रेजरीका लागि सो समयभित्र आवेदन दिइसकेको हुनुपर्नेछ ।

कूल निष्काशन बिलमध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत विनाप्रतिस्पर्धाबाट बिक्री गरिने बैंकले जनाएको छ । यसअघि बैंकले जेठ ८ गते २९ अर्ब ७३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।