
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले कर्जा पुनरसंरचना/पुनरतालिकीकरण असार मसान्तभित्र गरिसक्न आग्रह गरेको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका निम्ति सन्देश जारी गर्दै भनेको छ, ‘हाल अर्थतन्त्रको वास्तविक क्षेत्रमा देखिएको शिथिलताबाट पर्ने असरलाई न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई होटल, रेष्टुरेन्ट, पशुपन्छी पालन तथा निर्माण क्षेत्रसँग सम्बन्धित तथा रु. ५ करोडसम्मको कर्जा लिई जुनसुकै उद्यम व्यवसाय गर्दै आएका चैत मसान्तसम्म सक्रिया वर्गमा रहेका ऋणीहरुलाई उद्योग वा व्यवसायको नगद प्रवाह तथा आन्दानी विश्लेषण गरी उद्योग वा व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी कर्जाको पुनरसंरचना/पुनरतालिकीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।’
यस्तै यस्तो सुविधाको लागि ऋणीले भविष्यको व्यवसायिक योजना, अनुमानित नगद प्रवाह, विस्तृत वित्तीय विवरण आदिसहितको कर्जा लिएको संस्थासँग अनुरोध गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
कर्जा प्रदान गर्ने संस्थाले यस्तो अनुरोध औचित्यपूर्ण देखेमा ऋणीले तिर्नुपर्ने ब्याजको कम्तीमा दश प्रतिशत लिई कर्जा पुनरसंरचना÷पुनरतालिकीकरण गर्न सक्छन् । यस्तो पुनरसंरचना/पुनरतालिकीकरण २०८० असार मसान्तभित्र गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।



