
बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप रकम ५५ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल निक्षेप ५५ खर्ब २ अर्बसम्म पुगेको छ ।
यस्तै, कर्जा लगानी ४८ खर्ब ४६ अर्ब पुगेको छ ।र्थिक वर्ष सकिन करिब दुई महिना बाँकी रहँदा बैंकमा दुई खर्बको निक्षेप थपिने अनुमान गरिएको छ ।
आर्थिक वर्षको अन्तिममा सरकारी खर्च बढ्ने प्रवृत्ति रहेकाले निक्षेप बढ्ने अनुमान गरिएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले बताए । चालू आर्थिक वर्षमा १२.६ प्रतिशतले कर्जा विस्तार हुने राष्ट्र बैंकले लक्ष्य राखे पनि ६ प्रतिशतको मात्रै पुग्ने संघको अनुमान छ ।


