Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

‘वित्तीय र मौद्रिक नीतिबीच सामञ्जस्यता कायम गर्छौं’

२०८० जेष्ठ ४ गते

बैंकिङ खबर/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा सुधार गर्नका लागि वित्तीय र मौद्रिक नीतिबीच सामञ्जस्यता कायम गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बिहीबार प्रधानमन्त्री दाहालले अर्थतन्त्रको सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताए । उनले भने, ‘अर्थतन्त्र सुधारका लागि मौद्रिक नीति र वित्तीय नीतिबीच सामञ्जस्यता ल्याउन अर्थमन्त्रालय र राष्ट्र बैंकबीच लगातार छलफल भइरहेको छ ।’

सबैको सचेत र इमान्दार पहलले नै रेमिट्यान्स र विदेशी विनियम सञ्चितिमा उल्लेख्य सुधार भएको प्रधानमन्त्री दाहालले बताए। ‘सार्वजनिक सेवामा जनताले अनुभूति हुने गरी सुधार भएको छ’, उनले भने, ‘सरकारले विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको अनुगमन थप सशक्त बनाएको छौँ।’

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवामा जनताले अनुभूति हुने गरी सुधार भएको दाबी गरे । सरकारले विकास निमार्ण तथा सार्वजनिक सेवा प्रवाहको अनुगमन थप शसक्त बनाएको उनले बताए । जसले राज्यप्रति जनताको विश्वास बढ्दै गएको उनले बताए । यस्तै भूकम्प पीडितको बाँकी किस्ता २०८० असार मसान्तसम्म भुक्तानी हुने उनले बताए ।

 
Ad