Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकबाट बैंकहरुले अब साढे ७ प्रतिशत ब्याजमा सापटी पाउने

२०८० जेष्ठ ४ गते

बैंकिङ खबर/अब साढे ७ प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थाहरुले स्थायी तरलता सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै बैंकदरलाई साढे सात प्रतिशतमा झारेको छ। बैंकहरुले बैंकदरमा नै स्थायी तरलता सुविधा उपयोग गर्न पाउछन्।

यसअघि बैंकहरुले साढे ८ प्रतिशत ब्याज तिरेर स्थायी तरलता सुविधा लिँदैआएका थिए।राष्ट्र बैंकसँग लिने सापटीको ब्याजदर घटेसँगै बैंकहरुको ब्याज खर्च घट्ने छ।