Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

८९ प्रतिशत महिला र ९० प्रतिशत पुरुषमा वित्तीय पहुँचः अध्ययन(पूर्णपाठ)

२०८० बैशाख १७ गते

बैंकिङ खबर/नेपालमा वित्तीय पहुँमा उल्लेख्य वृद्धि भएको एक अध्ययनले देखाएको छ । सन् २०१४ मा ५७ प्रतिशत महिला र ६४ प्रतिशत पुरुषको वित्तीय सेवाको पहुँचमा रहेकोमा सन् २०२२ मा ८९ प्रतिशत महिला र ९० प्रतिशत पुरुषको पहुँच पुगेको नयाँ अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय वित्त निअन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) तथा संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (युएनसिडिएफ) ले तयार पारेको प्रतिवेदन, ’द नेपाल

फाइनान्सियल इन्क्लुजन रिपोर्ट २०२३’ ले नेपालमा समग्र वित्तीय सेवाको प्रयोग सुदृढ रहेको देखाएको छ । गम (आइएफसी) तथा संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (युएनसिडिएफ) ले तयार पारेको प्रतिवेदन, ’द नेपाल फाइनान्सियल इन्क्लुजन रिपोर्ट २०२३’ ले नेपालमा समग्र वित्तीय सेवाको प्रयोग सुदृढ रहेको देखाएको छ। यो अध्ययनले ७५ प्रतिशतले बैंकिङ सेवा प्रयोग गर्ने गरेको देखाएको छ ।

यो प्रतिवेदन आइएफसी र नेपाल राष्ट्र बैंकद्वारा संयुक्त रूपमा कार्यान्वयनमा ल्याइएको ’एक्सेस टु फाइनान्सियल सर्भिसेज नेपाल प्रोजेक्ट’ (नेपालमा वित्तीय सेवा पहुँच परियोजना) अन्तर्गत तयार पारिएको हो। यो प्रतिवेदनले लैंगिक असमानता न्यूनीकरण भएको देखाएको छ। सन् २०२२ मा महिला र पुरुषबीच औपचारिक वित्तीय सेवाको पहुँचमा रहेको असमानता घटेको देखिन्छ।

वर्ल्ड इकोनोमिक फोरमको ’ग्लोबल जेन्डर ग्याप रिपोर्ट’ले पनि यस्तै नतिजा देखाएको छ। यसअनुसार आर्थिक अवसरमा महिलाहरू पहुँचमा निरन्तर सुधार भएको छ। सन् २००३ मा ११६औं स्थानमा रहेको नेपाल सन् २०२१ मा १०७औं स्थानमा र सन् २०२२ मा ९८औं स्थानमा। वरियतामा भने नेपाल ९६औं स्थानमा छ भने दक्षिण एसियामा बंगलादेशपछि दोस्रो स्थानमा छ।

बैंकिङ सेवाको प्रयोगमा महिला र पुरुषबीच अझै असमानता कायमै छ। ८३ प्रतिशत पुरुषको तुलनामा ७९ प्रतिशत महिलाले मात्र यो सेवा प्रयोग गर्छन्।
अध्ययनले अन्य औपचारिक वित्तीय सेवा प्रदायकहरू बैंकसँग कडा प्रतिस्पर्धामा रहेको खुलासा गरेको छ। केही प्रमुख सेवाहरू, खाता तथा कर्जा र बचतका प्रडक्टहरू लगायतका सेवा प्रयोगको केही तुलनात्मक तथ्यांकहरूले बैंकलाई समेत उछिनेको पाइएको छ।

बैंक खाताको स्वामित्व वित्तीय समावेशीतातर्फको प्रस्थान रहेको देखिएको छ, बैंक खाता हुनेहरूले खाता नहुनेहरूको तुलनामा उल्लेख्य बैंकिङ र औपचारिक वित्तीय सेवाको प्रयोग गर्ने गरेको पाइन्छ।

यो अध्ययनले वित्तीय सेवाको प्रयोगका मुख्य अवरोधहरू पहिल्याएको छ। बैंक खाता नभएका अथवा त्यसको आवश्यकता नभएका व्यक्तिहरूसँग खर्च गरेर बाँकी रहने रकम अत्यन्त न्यून रहने, वा खाता खोल्नका लागि आवश्यक रकम अपर्याप्त हुने गरेको पाइएको छ। यसका अतिरिक्त, मोबाइल वालेटमा खाता खोल्ने सम्बन्धी पर्याप्त जानकारीको अभाव, मोबाइल मनी प्लेटफर्मको प्रयोगका जटिलता र एजेन्ट एवं सेवा केन्द्रको अभाव मुख्य बाधक रहेको बताइएको छ।

हेर्नुहोस् पूर्णपाठ