Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वैदेशिक रोजगार बचतपत्रमा लगानीको अवसर, ब्याज ११ प्रतिशत

२०८० बैशाख १५ गते

बैंकिङ खबर/निक्षेपको ब्याजदर घटेसँगै वैदेशिक रोजगार बचतपत्रको पनि ब्याजदर घट्न लागेको छ । नेपाल सकारको राष्ट्र ऋण उठाउने तालिका अनुसार १७ वैशाखदेखि नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्ने भएको छ ।

९७ करोड ७५ लाख ७० हजार रुपैयाँ बरारको वैदेशिक रोजगार बचतपत्रमा १७ वैशाखदेखि १७ जेठ २०८० सम्म आवेदन दिन सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

निक्षेपको ब्याजदर घटेसँगै वैदेशिक रोजगार बचतपत्रको ब्याजदर पनि घटाएर ल्याएको छ । गत १४ फागुनदेखि ३ चैतसम्म निष्कासन गरेको वैदेशिक रोजगार बचतपत्रमा १२.५ प्रतिशत ब्याजदर प्रदान गरेकोमा अहिले ११ प्रतिशत मात्रै ब्याजदर दिने केन्द्रीय बैंकले जनाएको छ ।

बचतपत्रको ब्याज ६/६ महिनामा भुक्तानी हुनेछ भने उक्त बयाजमा ब्याजकर नलाग्ने राष्ट्र बैंकले जनाएको छ । बचतपत्रमा घटीमा दश हजार रुपैयाँ र बढीमा दश हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म आवेदन दिने सकिने राष्ट्र बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् ।

उक्त बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने राष्ट्र बैंकले जनाएको छ । १७ जेठसम्म आवेदन दिने अवधि भएपनि बचतपत्र निष्कासन २४ जेठ रहेको र २४ जेठ २०८५ मा बचतपत्रको सावाँ भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ ।