Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकले ब्याजदर घटाउँदा आर्थिक गतिविधि बढ्योः गभर्नर(पूर्णपाठ)

२०८० बैशाख १४ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकले ब्याजदर घटाउँदा आन्तरिक आर्थिक गतिविधि बढ्दै जान थालेको बताएका छन् । राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले यो वर्ष बैंकको कार्यसम्पादन उत्कृष्ट बनाउन विनियमावली संशोधन गरेको बताए ।

१० बिलासी बस्तुको आयात रोकेको स्मरण गराउँदै उनले राष्ट्र बैंकको प्रयासले गत असोजबाट शोधनान्तर स्थितिमा सुधार भएको बताए । अहिले शोधानान्तर र विदेशि विनिमय सुधारका कारण ब्याजदर घटन लागेको बताए । उनले पछिल्लो समय वित्तीय स्थिति सुधार हुँदै गएको दाबी गरे । वित्तीय ग्राहक, सम्पत्ति सम्बन्धि कानुनको मस्यौदा तयार रहेको उनले जानकारी दिए ।
गभर्नर अधिकारीले अहिले निक्षेप र आधारदर घटेको बताए ।