२०७३ कार्तिक १२ गते

साताको नेप्से : बजार घटेपनि बढ्दैछ लगानीकर्ताको मनोबल

stockसाताको अन्तिम दिन तिहारको स्वागत गर्दै सेयर बजार ६.२५ अंकले बढेर बन्द भयो । केही समयदेखि लगातार बजार घट्दा निराश भएका लगानीकर्तालाई विहीबारको बजारले केही हदसम्म राहत प्रदान गर्यो ।  कारोबार रक मभने खासै उत्साहजनक रहेन । दिनभरिमा एक सय ३६ वटा कम्पनीको १० लाख १० हजार सात सय २३ कित्ता सेयर चार हजार पाँच सय ३२ पटक खरिदविक्रि हुँदा कुल ६९ करोड ६४ लाख २७ हजार चार सय ६५ रुपैयाँ बराबरको पुँजी परिचालन भयो ।

यो साताको अन्तिम दिन नेप्से परिसूचक १७५९.७१ अंकमा पुगेको छ । गत साताको अन्तिम दिने नेप्से परिसूचक १७९४.४४ अंकमा थियो । यस आधारबाट हेर्दा, यो साता सेयर बजार ३४.७३ अंकले घटेको देखिन्छ । गत साता सेयर बजार २५.४४ अंकले मात्रै घटेको थियो । 

कारोबार रकममा भने साताभर उतारचढाव आएको देखिन्छ । साताको पहिलो दिन ९६ करोड ४५ लाख रुपैयाँको कारोबार भएको बजारमा सोमबार ९२ करोड र मंगलबार ७१ करोडको कारोबार भयो । निरन्तर ओरालो लागेको कारोबार बुधबार बढेर ८१ करोड ८२ लाख पुग्यो । उक्त वृद्धिले विहिबार निरन्तरता पाएन । विहीबार ६९ करोडको मात्रै पुँजी परिचालन भयो । समग्रमा साताभर चार अर्बभन्दा बढी पुँजी परिचालन भएको देखिन्छ । दैनिक कारोबार हेर्दा लगानीकर्ताको मनोबल घट्दै गएको देखिए पनि कारोबार रकम गत साताको तुलनामा भने एक अर्ब बढी हो । गत साता तीन अर्बको मात्रै कारोबार भएको थियो । 

शिखर इन्स्योरेन्स, माछापूछ्रे बैंक, एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू लुम्बिनी लगायतको राम्रो कारोबार भएको छ । जनउत्थान सामुदायिक लघुवित्त, सिभिल बैंक, रिलायबल माइक्रोफाइनान्स, सिर्जना फाइनान्स लगायतका सेयरधनीले धेरै कमाएका छन् । गुमाउनेमा ललितपूर फाइनान्स, सिनर्जी फाइनान्स, स्टान्डर्ड चार्टर्ड बैंक, पोखरा फाइनान्स, सेती फाइनान्स लगायतका सेयरधनी छन् ।