Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा ह्वातै बढ्यो

२०८० बैशाख ७ गते

बैंकिङ खबर/२१ वटै वाणिज्य बैंकको निष्क्रिय कर्जा वृद्धि भएको छ । कृषि विकास बैंक, हिमालयन बैंक र नेपाल बैंकको निष्क्रिय कर्जा अनुपात ४ प्रतिशत नाघेको छ । संयुक्त लगानीका स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट र एसविआई बैंकले भने निष्क्रिय कर्जा व्यवस्थापन गर्दै १ प्रतिशत भन्दा तल राखेको छन् । सबभन्दा कम निष्क्रिय कर्जा एभरेष्ट बैंकको ०.७ प्रतिशत छ । यस्तै एनआईसी एशिया बैंकको ०.८५ प्रतिशत छ । यो बैंकले असुल नभएको कर्जाको धितो लिलाम गर्दा आफै स्वीकार गरी गैरबैंकिङ सम्पत्तिमा राखेको छ ।

स्ट्यान्डर्ड चार्टर्डको ०.९ प्रतिशत र नेपाल एसविआई बैैंकको०.९७ प्रतिशत निष्क्रिय कर्जा छ । हिमालयन बैंकको निष्क्रिय कर्जा ४.५६ प्रतिशत, कृषि विकास बैंकको ४.३५ प्रतिशत र नेपाल बैंकको ४.१६ प्रतिशत पुगेको छ । सिटिजन्स बैंकको ३.९८ प्रतिशत, कुमारी बैंकको ०.९६ प्रतिशतबाट बढेर ३.९७ प्रतिशत पुगेको छ ।

ग्लोबल आईएमई, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट, राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकको निष्क्रिय कर्जा अनुपात ४ प्रतिशत नजिक पुग्दा यसले समग्र बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा अनुपात समेत माथि गएको छ ।