Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरुको नाफा ४८ अर्ब ८३ करोड(कुनको कति ?)

२०८० बैशाख ४ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको फागुन महिनासम्म वाणिज्य बैंकहरुले ४८ अर्ब ८३ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका २१ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ८ महिनामा उक्त नाफा कमाएका हुन् । फागुन महिनासम्म सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यसअवधिमा नबिलले ५ अर्ब ३२ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ ।

ग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब ३७ करोड २७ लाख रुपैयाँ रहेको छ । तेस्रोमा एनआइसी एसिया बैंकको नाफा ४ अर्ब ५ करोड ८० लाख रुपैयाँ छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब माथि छ । यता, कृषि विकास बैंकको नाफा भने सबैभन्दा थोरै ४१ करोड रुपैयाँ मात्र रहेको छ ।

अन्य वाणिज्य बैंकहरुको खुद नाफाको अवस्था

  • एनएमबि बैंकः २ अर्ब ६० करोड रुपैयाँ
  • प्राइम बैंकः २ अर्ब ३९ करोड रुपैयाँ
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकः २ अर्ब २६ करोड रुपैयाँ
  • एभरेस्ट बैंकः २ अर्ब २३ करोड रुपैयाँ
  • प्रभु बैंकः २ अर्ब २२ करोड रुपैयाँ
  • नेपाल बैंकः २ अर्ब ११ करोड रुपैयाँ
  • कुमारी बैंकः २ अर्ब ६ करोड रुपैयाँ
  • सानिमा बैंकः १ अर्ब ७८ करोड रुपैयाँ
  • हिमालयन बैंकः १ अर्ब ७८ करोड रुपैयाँ
  • नेपाल एसबीआई बैंकः १ अर्ब ६४ करोड रुपैयाँ
  • सिद्धार्थ बैंकः १ अर्ब ५५ करोड रुपैयाँ
  • माछापुच्छ्रे बैंकः १ अर्ब ४२ करोड रुपैयाँ
  • लक्ष्मी बैंकः १ अर्ब ३६ करोड रुपैयाँ
  • सिटिजन्स बैंकः १ अर्ब २५ करोड रुपैयाँ
  • सनराइज बैंकः १ अर्ब ८ करोड रुपैयाँ
  • कृषि विकास बैंकः ४१ करोड १२ लाख रुपैयाँ