Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक तथा वित्तीय संस्थामा एकैदिन थपियो ९ अर्ब रुपैयाँ

२०८० बैशाख ३ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुमा पैसा थपिँदै गएको छ। चैत २९ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुमा ९ अर्ब रुपैयाँ थपिएर ५४ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको हो। सोही दिनसम्म बैंक तथा वित्तीय संस्थाले ४२ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

त्यसैगरी पछिल्लो एक दिनमा वाणिज्य बैंकहरुमा मात्र ८ अर्ब रुपैयाँ थपिएको छ। चैत २८ गते वाणिज्य बैंकहरमा ४८ खर्ब रुपैयाँ रहेकोमा चैत २९ गतेसम्म आइपुग्दा ८ अर्ब थपिएर ४८ खर्ब ८ अर्ब रुपैयाँ पुगेको हो।

सोही दिनसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। वित्तीय संस्थामा पैसा थपिँदै जाँदा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सुधार हुँदै गएको छ।

चैत २८ गते बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८५.४५ रहेकोमा चैत २९ गतेसम्म आइपुग्दा ८५.३५ आइपुगेको छ। सीडी रेसियो जति कम हुन्छ त्यती नै बैंक तथा वित्तीय संस्थाहरुसँगै लगानी योग्य क्षमता बढ्दै जान्छ। बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) सहज हुँदा अन्तर बैंक ब्याजदर समेत ७ प्रतिशतमा देखिएको छ।