Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जा तिर्ने दायित्व ऋणीहरुको हो : रेवती नेपाल(भिडियोसहित)

२०८० बैशाख ३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले बैंकवित्तबाट कर्जा लिएपछि तिर्ने दायित्व ऋणीहरुको रहेको बताएका छन् । मिडिया इन्टरनेशनले आयोजना गरेको ‘संकटमा अर्थतन्त्रः बहसमा निकास’ शृंखला अन्तर्गतको कार्यक्रममा उनले पैसा लिएपछि कमाउँछु तिर्छु भन्ने दायित्व ऋणीको रहेको बताए ।

लघुवित्त महाशाखा प्रमुख समेत रहेका नेपालले बैंकवित्तहरु नाफामा जानुपर्ने बताए । उनले भने,‘बैंक तथा वित्तीय संस्था सधै नाफामा जानूपर्छ । त्यो निक्षेप सर्वसाधारण कै हो ।’ संस्थाहरू स्वनियमनमा गए सहज हुने उनले बताए ।

उनले राष्ट्र बैंककले वित्तीय संस्थाविरूद्व भइरहेका गतिविधिलाई समर्थन नगर्ने बताए । ‘बैंक तथा लघुवित्त वित्तीय संस्था विरूद्व भइरहेका गतिविधिलाई राष्ट्र बैंकले समर्थन गर्दैन,’ उनले भने, ‘पैसा लिइसकेपछि जहाँबाट पनि तिर्छु भन्ने दायित्व सम्बन्धित ऋणीकै हो । यहाँ लघुवित्त, सहकारी लगायत सबैलाई एउटै बास्केटमा हाल्दा समस्या देखिएको छ ।’

अब नयाँ लघुवित्त नीती आउने उनले बताए । ‘लघुवित्त नीति २०६४ को नीति छ अब नयाँ नीति आउँछ,’ उनले भने । राष्ट्र बैंकले लिएको मर्जर नीति नियमन र निरीक्षण गर्न नसकेर नभएर संस्थाको वित्तीय अवस्था बलियो बनाउन भएको उनले स्पष्ट पारे ।

सर्कूलर र रिस्टक्चर र रिसेड्युलको विषयमा पनि छलफल गर्न तयार रहेको उनले बताए । उत्पादनहरू बजारीकरण गर्नेमा सहजीकरणका लागि सी टूसी मोडलमा जान सकिने उनले बताए । खराब कर्जा ५ प्रतिशतको हाराहारीमा आएको पनि उनले बताए । लघुवित्तको व्याजदर १५ प्रतिशत धेरै नभएको उनको भनाइ छ ।

हेर्नुहोस् भिडियो