Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

चार विकास बैंकलाई राष्ट्र बैंकको कारबाही

२०७९ चैत्र २९ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले चार विकास बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो।

यी चार वटै विकास बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमा भन्दा धेरै हुँदा कारबाही गरेको हो। राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंकलाई ३ लाख ३५ हजार, नारायणी डेभलपमेन्ट बैंकलाई ३ लाख ४ हजार र सप्तकोशी डेभलपमेन्ट बैंकलाई २२ लाख ७७ हजार रुपैयाँ जरिवाना गरेको छ। राष्ट्र बैंकले चालु आवको दोस्रो त्रैमासमा सीडी रेसियो सीमाभन्दा माथि हुँदा यी बैंकलाई कारबाही गरेको जनाएको छ।

यसअघि पनि यी बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको थियो। २०७९÷०८० असोज मसान्तमा कर्पोरेट डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले १७ लाख ९३ हजार जरिवाना गरेको थियो।

त्यसैगरी सोही अवधिमा सिन्धु विकास बैंकलाई ६ लाख ८२ हजार, नारायणी डेभलपमेन्टलाई ५ लाख ८ हजार र सप्तकोशी डेभलपमेन्टलाई ३० लाख ५९ हजार जरिवाना गरेको थियो।