Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ब्याजदर महंगो भएर अर्थतन्त्रमा समस्या आएको होइनः राष्ट्र बैंक

२०७९ चैत्र २९ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले ब्याजदर महंगो भएर मात्रै अर्थतन्त्रमा समस्या नआएको बताएको छ । केन्द्रीय बैंकले पत्रकार सम्मेलन गर्दै अहिले समस्या ब्याजदर मात्रै नभएको प्रष्ट पारेको हो।

पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले भने,‘आर्थिक गतिविधि कम हुनुमा ब्याजदर मात्रै कारक होइन, त्यसमा अन्य तत्वहरु पनि छन् । अहिलेको समस्या ब्याज नै बेसी भएर हो कि अन्य आर्थिक गतिविधिहरु हुन नसकेर हो ?’

यता अर्थमन्त्री प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक रहेपनि ब्याजदर महंगो भएकोले समस्या भएको बताउँदै आएका छन् । गभर्नर अधिकारीले ब्याजदर महंगो भएको भन्दै राष्ट्र बैंकप्रति नै औला ठड्याएकोमा पनि असन्तुष्टि व्यक्त गरे ।

गभर्नर अधिकारीले यो भन्दा अघि पनि ब्याजदर १३ प्रतिशतभन्दा माथि पुगेको भन्दै अहिलेको ब्याजदर महंगो नरहेको बताए । उनले भने,‘हिजो पनि १३ प्रतिशत पुगेको थियो त्यतिबेला आर्थिक कृयाकलाप भइरहेका थिए। आम्दानी भइरहेको थियो त्यसले गर्दा बेवास्था गरेका थिए। अहिले आर्थिक क्रियाकलाप सुस्त भएको मात्रै समस्या आएको हो ।’

गभर्नर अधिकारीले अहिले तरलता केहि सहज हुन थालेकाले ब्याजदर स्वतः घट्दो क्रममा जान थालेको बताए। गभर्नर अधिकारीले ब्याजदरको जिम्मा धेरै पहिलेदेखि नै बजारलाई छोडेको स्पष्ट पारे।