नेपाल राष्ट्र बैंकले २५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको दुई अर्ब रुपैयाँ र ३६४ दिने अवधिको ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल आज (विहिबार) जारी गरेको हो । ९१ दिने अवधिको ट्रेजरी बिलको सावाँ आगामी माघ १८ गते फिर्ता हुनेछ भने ३६४ दिने अवधिको ट्रेजरी बिलको सावाँ ०७४ मंसिर कात्तिक १४ गते फिर्ता हुनेछ ।
