Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सहकारी सुधारमा राष्ट्र बैंकले चासो लिएकाे छ: रामशरण खरेल

२०७९ चैत्र २५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका निर्देशक रामशरण खरेलले आर्थिक सामाजिक रुपान्तरणको महत्वपूर्ण आधार सहकारी भएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै खरेलले १ अर्ब भन्दा बढी कारोबार गर्ने सहकारी दुई सय भइसकेको बताए । विकास बैंक, लघुवित्त भन्दा सहकारी ठूलो भइसकेको उनको भनाइ छ ।

उनले भने, ‘सहकारीको सुधारमा हाम्रो चासो छ । बैंकको ब्याज धेरै भएमा सहकारीमा गएर बस्ने गर्छ । त्यो तरिकाले स्वीम भइरहेको छ । सहकारीलाई ध्यान दिइरहेका हुन्छौं ।’

अर्को संस्थामा समस्या आउँदा पनि फिर्ता गर्ने क्रम बढ्ने गरेको उनले बताए । उनले भने, ‘समग्र वित्तीय प्रणालीमा तरलता कम हुँदा सहकारीमा पनि प्रभाव परेको हो ।’

बैंकमा ब्याजदर बढी भएपछि सहकारीबाट झिकेर बैंकमा राखेको हुन सक्ने उनले बताए । तत्काल रिटन नदिने घरजग्गा र सेयरको मूल्य घट्दा पनि सहकारीमा समस्या आएको उनले जनाए ।

बैंक तथा वित्तीय संस्थाका लागि एकद्वार प्रणाली लागू भएकाले समस्या नआउने गरेको भन्दै कार्यकारी निर्देशक खरेलले सहकारीलाई पनि यस्तै व्यवस्था आवश्यक भएको बताए । खराब कर्जा ५ प्रतिशतभन्दा कम हुन नहुने व्यवस्था भएपनि कार्यान्वयन हुन नसकेको उनले बताए । सहकारीमा डाटा नहुँदा वास्तविक तथ्यांक आउन नसकेको उनको भनाइ छ ।

स्थिरीकरण कोषमा ११ करोड जम्मा भएपनि त्यो पर्याप्त नभएकाले कार्यान्वयनमा समस्या भएको बताए । बैंक तथा वित्तीय संस्थाले जस्तै सहकारीले अन्तर सहकारी कारोवार गर्न नपाउनु समस्या भएको उनले बताए ।

३ वर्षदेखि संख्या तथा कारोबारको तथ्यांक लिन नसक्नु दुःखद् भएको उनको भनाइ छ । सहकारीमा स्वनियमनले नपुग्ने भन्दै राष्ट्रिय सहकारी बैंकको क्षमता बढाउनुपर्ने उनले बताए ।