Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नगदरहित कारोबार गर्ने बानी बसालौँः राष्ट्र बैंक

२०७९ चैत्र २२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमको प्रयोग गरी नगदरहित कारोबार गर्ने बानी बसाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘क्यूआर कोड, मोबाइल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, विभिन्न प्रकारका कार्डजस्ता विद्युतीय माध्यमको प्रयोग गरी नगदरहित कारोबारमा बानी बसालौँ’, सूचनामा भनिएको छ।

प्रविधिको प्रयोगसँगै नगदरहित कारोबार सजिलो, विश्वासिलो र पारदर्शी हुँदै गएको राष्ट्र बैंकको भनाइ छ। विद्युतीय माध्यमको प्रयोगलाई अझ भरपर्दो बनाउने उद्देश्यले विद्युतीय भुक्तानी सेवा प्रयोग गर्दा आउन सक्ने कठिनाइ समाधानमा सेवा प्रदाकलाई समेत राष्ट्र बैंकले सचेत गराएको छ। ‘यसका लागि सेवाग्राहीको गुनासो सुनुवाइ गर्न सेवा प्रदायकले कम्तीमा १६ घन्टा (बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म) र कार्डसम्बन्धी समस्याका लागि तत्काल सहयोग गर्न २४ घन्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्छ’, राष्ट्र बैंकले भनेको छ।

यसैगरी प्रत्येक सेवा प्रदायक संस्थाले सेवाग्राहीको गुनासो सुन्ने अधिकारीको नाम, पद, सम्पर्क नम्बर र ई–मेल ठेगाना संस्थाको वेबसाइटमा राख्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।