Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अब बैंकको ब्याजदर घट्छः गभर्नर अधिकारी

२०७९ चैत्र २१ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन्। सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको भेटमा उनले यस्तो बताएका हुन्।

गत वर्ष अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको चाप घट्दो क्रममा रहेको उनले बताएक थिए। अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी पनि बढिरहेको भनाइ उनको थियो।

अर्थमन्त्री महतले बैंकको ब्याजदर बढी भएको गुनासो गरेको भन्दै चासो राखेका थिए। जवाफमा गभर्नर अधिकारीले आगामी दिनमा ब्याजदर पनि घट्दै जाने उनले बताए।

अहिले रेमिट्यान्स आप्रवाहमा सुधार हुँदा विदेशी मुद्राको सञ्चितिमा सुधार भएको पनि उनले बताएका छन्। तर आगामी दिनमा उच्च दरमा आयात बढे पुनः अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप पर्नसक्ने अवस्था रहेको उनको भनाइ थियो। भेटमा बैंकको ब्याजदर, सेयर बजार, विदेशी विनियम सञ्चिति, मूल्यवृद्धिलगायतका विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालय जनाएको छ।