
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको समस्या र समाधानका लागि सुझाव मागेको छ । बैंकको सञ्चालक समितिको निर्णय बमोजिम आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरुको विषयमा अध्ययन गर्न गठन भएको समितिले अध्ययन कार्य प्रारम्भ गरेको छ । सोहि समितिले सुझवा मागेको हो ।
यस सन्दर्भमा यस विषयसँग सरोकार राख्ने सम्पूर्ण महानुभावहरुले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्न पर्ने कदमहरुका बारे mfiss@nrb.org.np ईमेल ठेगानामा २०८० बैशाख २० गते भित्र सुझाव पठाई सहयोग गरिदिनु हुन विनम्र अनुरोध छ ।


