Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

रु. २८.०५ अर्ब बढीको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

२०७९ चैत्र १९ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सोमबार २८ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले चैत २१ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो।

राष्ट्र बैंकले २८ दिनका लागि ४ अर्ब रुपैयाँ, ९१ दिनका लागि ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिनका लागि ५ अर्ब ३० करोड रुपैयाँ र ३६४ दिनका लागि ११ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः २०८० वैशाख १९ गते, असार १९ गते, असोज १६ गते र चैत २० गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलका साेमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।