Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा दुवै घट्यो

२०७९ चैत्र १५ गते

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा दुवै घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत लागेयता बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा दुवै घटेको हो।

चैत १२ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५४ खर्ब १० अर्ब रुपैयाँ रहेको छ। गत फागुन ३० गतेसम्म कुल निक्षेप ५४ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो। यस हिसाबले यो अवधिमा ३ अर्ब रुपैयाँले निक्षेप घटेको छ।

वाणिज्य बैंकहरुमा यो अवधिमा निक्षेप २ अर्ब रुपैयाँले घटेको छ। गत फागुन ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४७ खर्ब ७३ अर्ब रुपैयाँ रहेकोमा चैत १२ गतेसम्म घटेर ४७ खर्ब ७१ अर्ब रुपैयाँमा झरेको छ।

बैंक तथा वित्तीय संस्था कर्जा लगानी पनि यो अवधिमा ३ अर्ब रुपैयाँले घटेको छ। चैत १२ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ। गत फागुन ३० गतेसम्म कुल कर्जा लगानी ४८ खर्ब १७ अर्ब रुपैयाँ रहेको थियो।

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले घटेको छ। गत फागुन ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब ७५ अर्ब रुपैयाँ रहेकोमा चैत १२ गतेसम्म घटेर ४२ खर्ब ७१ अर्ब रुपैयाँमा झरेको छ।

बैंकहरु औसत भने चैत १२ गतेसम्म ८५.६३ प्रतिशत रहेको छ। गत फागुन ३० गतेसम्म औसत सीडी रेसियो ८५.६० प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने ७.०३ प्रतिशत रहेको छ।