Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

भुक्तानी कार्य गर्ने संस्थाले सम्पत्ति शुद्धीकरण व्यवस्था अनिवार्य पालना गर्नुपर्ने

२०७९ चैत्र १५ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाबाहेकका भुक्तानी गर्ने संस्थाहरूले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थालाई अनिवार्य पालना गर्नुपर्ने छ।

नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७९ मा संशोधन गर्दै उक्त व्यवस्था थपेको हो। भुक्तानी प्रणाली विभागका अनुसार भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाले वार्षिक एक लाख रुपैयाँसम्मको कारोबार गर्ने मर्चेन्टलाई आवद्ध गर्दा सरलीकृत ग्राहक पहिचानको प्रक्रिया अवलम्बन गर्नुपर्ने छ।

यसरी सरलीकृत पद्धतिबाट मर्चेन्ट आवद्ध गर्न छुट्टै फारम तयार पार्नुपर्ने, संस्थाले व्यवसायको प्रोपाइटरको पहिचान तथा सम्पुष्टि गर्नुपर्ने, कुनै व्यवसायको कारोबारमा परिवार बाहेक अन्य कुनै व्यक्ति वास्तविक धनी रहेको शंका लागेमा सोको समेत पहिचान गर्नुपर्ने लगायतका मापदण्ड रहेका छन्।

यसैगरी व्यवसाय तथा मर्चेन्टको छुटटै सूची तयार गरी अद्यावधिक गरी राख्नु पर्नेछ। मर्चेन्ट आवद्ध गर्दा ग्राहक पहिचान विवरण अनुरुप कारोबार मेल नखाएको अवस्थामा, विवरणहरू तोकिएको सूचना, जानकारी तथा तथ्यांक सत्य वा पर्याप्त नभएर शंका लागेमा जानकारी दिनुपर्ने छ।