Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक,वित्तीय संस्थामा करिब २ अर्ब लगानी गर्दै राष्ट्र बैंक

२०७९ चैत्र १३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा करिब २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको कुल १ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागेको हो।

राष्ट्र बैंकले कुल रकममध्ये १ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ वाणिज्य बैंकमा, २९ करोड ४ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र ९ करोड ६८ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा लगानी गरिने जनाएको छ।

यो रकम मुद्दति निक्षेपका रुपमा २०८० वैशाख ३ गतेदेखि २०८१ वैशाख २ गतेसम्म ३६५ दिनका लागि लगानी गरिने राष्ट्र बैंकले जनाएको छ। मुद्दति निक्षेपका रुपमा लिन चाहेको रकम खुलाई बैंकमा चैत १६ गते राति १२ बजेसम्म अनलाइनमार्फत ब्याज प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।