२०७३ कार्तिक ९ गते

ग्लोबल आईएमई क्यापिटलले सेयर नपरेको रकम खातामै पठाउन थाल्यो

gime-capitalग्लोबल आईएमई क्यापिटलले साधारण शेयर आबेदन गर्दा शेयर नपरेका लगानीकर्ताको पैसा उनीहरुको बैंक खातामा नै पठाउन सुरु गरेको छ । सुर्योदय लघुबित्तको सेयर नपरेको पैसा बैक खातामा नै पठाएर ग्लोबल आईएमई क्यापिटलले नयाँ काम थालनी गरेको हो । ग्लोबल आईएमई क्यापिटलले नेपाल क्लियरिंग हाउसको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली अन्तरगतको आईपीएस प्रणालीलाई यसमा उपयोग गरेको छ ।  मंगलबारदेखि नै लगानीकर्ताको शेयर नपरेको पैसा पठाउन सुरु गरेको क्यापिटलले एक पटकमा रकमान्तर नभए फेरि त्यसलाई प्रमाणिकरण गरी लगानीकर्ताको बैंक खातामा पठाउने बताएको छ ।

त्यस्तै, कम्पनीले रिडि हाइड्रो पावरले लिलाम गरेको शेयरमा शेयर नपरेका लगानीकर्ताको पैसा पनि बुधबारदेखि नै फिर्ता गर्न सुरु गरेको छ । उसले रिडिको शेयरका आवेदकलाई पनि सोही प्रणालीबाट बैंक खातामा नै सिधै रकमान्तर गर्ने जनाएको छ ।