Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

विलासी जीवन र फजुल खर्चका लागि कर्जा लिनुहुँदैनः राष्ट्र बैंक

२०७९ चैत्र १० गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले विलासी जीवनमा खर्च गर्नका लागि कर्जा लिन नहुने जनाएको छ । ग्लोबल मोनी विक २०२३ सम्बन्धी सचेतना दिँदै राष्ट्र बैंकले विलासी जीवन तथा अनवाश्यक खर्च गर्नका लागि कर्जा लिन नहुने बताएको हो ।

राष्ट्र बैंकले कर्जाको प्रयोगबाट आम्दानी सिर्जना गर्नुपर्ने बताएको छ । ‘विलासी जीवन तथा फजुल खर्चका लागि कर्जा लिनुहुँदैन, कर्जाको प्रयोगले आम्दानी सिर्जना गर्नुपर्दछ,’ राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकका अनुसार कर्जाको प्रयोग कसरी गर्ने र कर्जा कसरी तिर्ने भन्ने स्पष्ट योजना बनाएर मात्र कर्जा लिनुपर्दछ । राष्ट्र बैंकले गत सोमबारदेखि ग्लोबल मोनी विक २०२३ साताव्यापी रुपमा मनाइरहेको छ ।