
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले तेस्रो मुलुकबाटै सिपमेन्ट हुने मल र बीउको आयातको भुक्तानी भारतमा परिवर्त्य विदेशी मुद्रामा समेत हुने गरी प्रतीतपत्र खोल्न सकिने व्यवस्था गरिएको छ। वस्तु आयातसम्बन्धी व्यवस्थामा राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागबाट जारी गरिएको एकीकृत परिपत्र, २०७८ मा संशोधन, परिमार्जन र थप गर्दै यस्तो व्यवस्था गरेको हो।
संशोधन व्यवस्थाअनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत स्वीकृत गरेको बोलपत्रबाट मल र बीउ आयात गर्दा तेस्रो मुलुकमै निर्मित भई तेस्रो मुलुकबाटै सिपमेन्ट हुने अवस्थामा ग्लोबल टेन्डर पर्ने भारतीय फर्म÷कम्पनीको नाममा पनि विद्यमान व्यवस्थाबमोजिम विदेशी मुद्रा (परिवर्त्य विदेशी मुद्रा वा भारतीय रुपैयाँ) मा भुक्तानी गर्ने गरी प्रतीतपत्र खोल्न सकिनेछ ।
त्यस्तो ग्लोबल टेन्डर प्राप्त गर्ने नेपाली संस्था भएमा उक्त संस्थाको लागि तेस्रो मुलुकमै निर्मित भई तेस्रो मुलुकबाटै सिपमेन्ट हुने मल, बीउ आयातको भुक्तानी भारतमा परिवर्त्य विदेशी मुद्रामा समेत हुने गरी प्रतीतपत्र खोल्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको हो।
यसका साथै कृषि सामग्री कम्पनी लिमिटेडले गभमेन्ट टु गभर्मेन्ट खरिद व्यवस्थाअन्तर्गत भारत सरकार वा भारत सरकारको सार्वजनिक निकायसँग प्रतीतपत्रमार्फत रासायनिक मल खरिद गर्दा परिवत्र्य विदेशी मुद्रामा समेत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।
पूर्णपाठसहित




