Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्मचारी माथिको आक्रमण नरोकिए बैंकिङ सेवा बन्द गर्ने चेतावनी

२०७९ चैत्र ३ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीमथि भएको सांघातिक आक्रमणको निन्दा गर्दे अप्रिय घटना नरोकिए बैंकिङ्ग सेवा नै बन्द गर्ने चेतावनी दिएका छन्।

नेपाल बैंकर्स संघ, डेबलपमेन्ट बैंकर्स डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ नेपाल लघुवित्त बैंकर्स संघले शुक्रबार सयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही व्यक्ति÷समूहले बैंकका कर्मचारीप्रति गरेको अभद्र व्यवहारको निन्दा गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न समयमा मुलुकमा आईपरेको महा–भूकम्प, कोभिड महामारी जस्ता विषम परिस्थितीमा समेत आफ्नो ज्यानलाई जोखिममा राखेर अग्रपंक्तिमा रही सेवा प्रदान गरेका कर्मचारीहरु माथि भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दी प्रति हाम्रो घोर आपत्ती रहेको र घट्नामा संलग्न दोषीहरुलाई यथाशिघ्र हदैसम्मको कारवाहीको माग गर्दछौं ।’

यस्तै जारी विज्ञप्तीमा अराजक र उत्तेजित अभिव्यक्ति दिई यस प्रकारका घटनालाई प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानूनी दायरामा ल्याउन माग गरिएको छ । अप्रिय घटना नरोकिएमा बैंकिङ्ग सेवा नै सुचारु हुन नसक्ने सम्भावना रहेको भन्दै उनीहरुले काम गर्ने वातावरण मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

बैंकिङ्ग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित रहेको बताउँदै यस प्रकारका क्रियाकलापहरु आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्ने र अन्ततः अर्थतन्त्र नै धराशायी हुन सक्ने हुनाले यस प्रति सजग रहन विज्ञप्तिमा भनिएको छ।