Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले विक्रि गर्यो डेढ अर्बको ट्रेजरी बिल

२०७३ कार्तिक ८ गते

nepal-rastra-bank4-1नेपाल राष्ट्र बैंकलेसोमबार एक अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको छ । राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋण उठाउन उक्त ट्रेजरी बिल जारी गरेको हो । राष्ट्र बैंकले ९१ दिने अवधिको ५० करोड रुपैयाँ बराबरको र ३६४ दिने अवधिको एक अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गरेको जनाएको छ । ९१ दिने अवधिको ट्रेजरी बिल आगामी माघ ११ गते परिपक्व हुनेछ भने ३६४ दिने अवधिको ट्रेजरी बिल आगामी कात्तिक ७ गते परिपक्व हुने बताइएको छ ।