Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बोनस सेयर जारी गर्न कैलाश विकास बैंकले पायो राष्ट्र बैंकबाट स्विकृति

२०७३ कार्तिक ८ गते

kailash bikas bankकैलाश विकास बैंक लिमिटेडले बोनस सेयर जारी गर्नका लागि नेपाल राष्ट्र बैंकबाट स्विकृती पाएको छ । बैंकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हालको चुक्ता पूंजीको २५ प्रतिशत बोनस सेयर जारी गर्न स्विकृति माग गरेको थियो । बैंकले तीन करोड ९५ लाख आठ हजार चार सय रुपैयाँ बराबरको बोनस सेयर जारी गर्न लागेको हो । उक्त बोनस सेयर बैंकको आगामी साधारण सभाबाट स्वीकृत गरी सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।