Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठसहित)

२०७९ फाल्गुन २८ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को सात महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । तथ्याङ्क अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.८८ प्रतिशत रहेकोछ ।

आयात १९.९ प्रतिशतले, निर्यात २९.० प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १८.७ प्रतिशतले घटेकोछ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.१ प्रतिशतले र अमेरिकी डलरमा १६.४ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.१३३ अर्ब २१ करोडलेबचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु.१३८३ अर्ब ३३ करोड र अमेरिकी डलरमा १० अर्ब ५० करोड रहेको छ ।

संघीय सरकारको खर्च रु.६६७ अर्ब६६ करोड र राजस्व परिचालन रु.५१४ अर्ब६९ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ४.७ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ८.८ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.० प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १०.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.९ प्रतिशत रहेकोछ ।