Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आवश्यक स्थानमा राष्ट्र बैंकले नियमन र कडाइ गरिरहेको छः गभर्नर अधिकारी

२०७९ फाल्गुन २६ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आवश्यक स्थानमा राष्ट्र बैंकले नियमन र कडाइ गरिरहेको स्पष्ट पारेका छन् । शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दोस्रो अर्थशास्त्री सम्मेलनमा गभर्नर अधिकारीले सो कुरा बताएका हुन् ।

उनले विसं. २०४६ देखि बजारले नै ब्याजदर तोक्ने गरी खुलाबजार अर्थतन्त्र अंगालेको स्मरण गराउँदै अहिले फेरि राष्ट्र बैंकले नियन्त्रण गर्नुपर्ने माग उठेको बताए । उनले उनले अहिले लङ टर्म इन्भेष्टमेन्टका बारेमा सोचिरहेकाले ऋणलाई जथाभावी प्रयोग गर्दा समस्यामा पर्नसक्ने बताए।

आवाजबिहीनहरुको र साना लगानीकर्ताहरुको लागि २ करोड भन्दा कम लगानी गर्नेहरुको लागि बेस रेटमा दुई प्रतिशत भन्दा बेसी चार्ज गर्न नपाउने व्यवस्था गरेको उनको भनाइ छ । गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गइरहेको बताए। नेपाल समान देशको तुलनमा नेपालको अर्थतन्त्र सुधार भइरहेको उनले दाबी गरे।

पुस मसान्तको तथ्यांक अनुसार नै झन्डै एक खर्बको शोधनान्तर बचत रहेको भन्दै गत सालको पुस मसान्तमा २४१ अर्बको घाटा रहेको स्पष्ट पारे। उनले अर्थतन्त्रका बाह्य क्षेत्रको तथ्यांक सुधार भएर गएको जानकारी दिए। गभर्नर अधिकारीले नेपाल अहिले करिब १० अर्बभन्दा बढी डलरको सञ्चितिमा रहेको भन्दै करिब १० महिनाको आयातलाई धान्नसक्ने क्षमतामा रहेको दाबी गरे।