Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

वित्तीय क्षेत्रलाई संकटतर्फ धकेल्ने काम भइरहेको छः प्रकाशराज शर्मा(भिडियोसहित)

२०७९ फाल्गुन २६ गते

प्रकाशराज शर्मा
अध्यक्ष, लघुवित्त बैंकर्स संघ

वित्तीय साक्षरताको महत्व कति हुन्छ भन्ने अहिले छलङ्ग भएको छ । वित्तीय साक्षरताको अभावकै कारण नेपालको वित्तीय क्षेत्रलाई संकटमा धकेल्ने काम भइरहेको छ । हामी विभिन्न समस्याबाट गुज्रिरहेका छौं । राजनीतिक अस्थिरता छ । अरु-अरुमा समस्या छ । त्यसमा वित्तीय क्षेत्रलाई पनि संकटमा धकेल्ने काम भइरहेको छ ।

त्यसको प्रमुख कारण वित्तीय साक्षरताको कमी हो । कतिपय अवस्थामा नेपालमा वित्तीय सेवा प्रदायक संस्थाहरु के कति छन्, तिनिहरु कहाँबाट नियमन हुन्छ, कहाँबाट सञ्चालित हुन्छ, के कस्तो सेवा दिन्छन् भन्ने कुरा पनि जानकारी नभएको अवस्था छ । विश्वविद्यालय, विद्यालयमा पढ्ने,पढाउनेसँग पनि वित्तीय साक्षरता पुगेको अवस्था छैन ।

निकाय, वित्तीय संस्था, गैर वित्तीय संस्था, एनजिओ, आमा समूह यावतबाट वित्तीय साक्षरता प्रवाह हुन्छ । केहि भयो भने त्यसको दोषारोपण लघुवित्त भन्ने वित्तिकै ‘घ’ वर्गका ६४ वटा लघुवित्त छन्, त्यहिबाट हो भनेर आउँछ ।

नेपालमा रहेका वित्तीय संस्थामध्ये ‘घ’ वर्गको वित्तीय संस्था हो,  जुन ६४ वटा संख्यामा छन् । यो नेपाल राष्ट्र बैंकको नियमन र सुपरीवेक्षणभित्र पर्ने लघुवित्त संस्था हुन् । यो विर्सन हुँदैन । वित्तीय साक्षरताको अझ पनि यसको महत्व छ । अझ पनि यसलाई अगाडि बढाउन आवश्यक छ । यसलाई गाउँ-गाउँमा पुर्‍याउन आवश्यकता छ ।

यसलाई क्याम्पियनको रुपमा पुर्‍याउन आवश्यकता छ । यसलाई स्कूल कलेजमा पुर्‍याउन आवश्यकता छ । कुना काप्चामा पुर्‍याउन आवश्यकता छ । घरघरमा पुर्‍याउन आवश्यकता छ । जबसम्म यसलाई त्यहाँसम्म पुर्‍याउन सक्दैनौं, तबसम्म वित्तीय स्रोतको महत्व,कर्जाको महत्व र यसको सदुपयोगको महत्व, उत्पादन र उत्पादकत्वमा यसको महत्व स्थापित हुन सक्दैन । वित्तीय स्रोतलाई फगत उपभोग्य मानिन्छ तबसम्म हाम्रो समाज, हाम्रो देश त्यहि रहन्छ । त्यसकारण वित्तीय साक्षरताको महत्व धेरै जरुरी छ ।

लघुवित्तप्रतिको अहिलेको भ्रम संयुक्त रुपमा चिर्नुपर्ने आवश्यकता छ । वित्तीय सेवा प्रदायक भनेको मान्छेमा रक्त सञ्चार जस्तै हो । यसमा कुनै समस्या आयो भने बैंक, बीमा, पुँजी बजारमा समस्या देखिन्छ ।

(मिडिया इन्टरनेशनलले काठमाडौंमा आयोजना गरेको ‘बैंकिङ एण्ड फाइनान्सियल डिजिटल एक्स्पो कार्यक्रम’मा लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले राख्नुभएको मन्तव्यको सम्पादित अंश)

भिडियो हेर्नुहोस्