Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

‘डिजिटल लिट्रेसी’ लाई पाठ्यक्रममै राख्ने तयारी गरिरहेका छौंः डेपुटी गभर्नर मिश्र(भिडियो)

२०७९ फाल्गुन २४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले ‘डिजिटल लिट्रेसी’ लाई विद्यालयको पाठ्यपुस्तकमै राख्ने तयारी गरिरहेको बताएका छन् ।

मिडिया इन्टरनेशनल नेपालले गत शुक्रबार काठमाडौं भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना गरेको ‘बैंकिङ एण्ड फाइनान्सियल डिजिटल एक्स्पो कार्यक्रममा’ प्रमुख अतिथि डेपुटी गभर्नर मिश्रले भने, ‘हामीले डिजिटल लिट्रेसी कार्यक्रमलाई स्कुल पाठ्यक्रममै राख्न शिक्षा मन्त्रालयसँग समन्वय गरिरहेका छौं । विद्यालयदेखि नै डिजिटल फाइनान्सिलयका कार्यक्रम राख्न राष्ट्र बैंक लागिरहेको छ ।’

डेपुटी गभर्नर मिश्रले तीन चार वर्षको अवधिमा वालेटको प्रयोग बढेको र पछिल्लो समय ‘घ’ वर्गका लघुवित्त संस्थाले समेत एप्लिकेशन बनाएर काम गरिरहेको बताए । डिजिटिल भुक्तानीमा केहि जोखिमहरु रहे पनि यस्ता कार्यक्रमबाट सूचना सञ्चारमा सहयोग पुग्ने उनको विश्वास छ ।

मार्च महिना डिजिटल पेमेन्टको महिना भनेर राष्ट्र बैंकले घोषणा गरिसकेको पनि उनले बताए । डिजिटल बैंकिङको अवधारणा राष्ट्र बैंकले अगाडि बढाइरहेको र यसका लागि कानूनी परिमार्जनको कुराहरु उठिरहेको उनको भनाइ छ ।