Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्वारा वैदेशिक रोजगार बचतपत्रको बिक्रि खुला, यस्तो छ ब्याजदर ?

२०७९ फाल्गुन २३ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र २०८४ ’क’ को बिक्रि खुला गरेको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक विज्ञप्ति जारी गर्दै उक्त बचत पत्र आगामी चैत १० गते निष्काशन गरिने जानकारी दिएको हो।  राष्ट्र बैंकले रू. ५० करोड बराबरको वैदेशिक रोजगार बचतपत्र २०८४ को बिक्रि खुला गरेको हो ।

राष्ट्र बैंकले निष्कासन गर्न लागेको बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा रोजगारीबाट फर्केको ६ महीना नपुगेका नेपाली तथा गैरआवासीय नेपालीहरूले आफू वा आफ्ना परिवारको सदस्य (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरीद गर्न सक्नेछन् ।

राष्ट्र बैंकले निष्कासन गर्न लागेको बचतपत्रमा इच्छुक तथा योग्य लगानीकर्ताले न्यूनतम १० हजार रुपैयाँ र बढीमा ५० करोडसम्म (१० हजारले भाग जाने अंकमा)को लागि चैत ३ गतेसम्म आवेदन दिन सकिनेछ ।

वार्षिक १२ दशमलव ५० प्रतिशत ब्याज पाउने पाँच वर्षे वैदेशिक रोजगार बचतपत्र २०८४ मा ६-६ महिनामा ब्याज भुक्तानी हुनेछ ।