Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

बजेटका लागि विभागले माग्यो सुझाव

२०७९ फाल्गुन १६ गते

बैंकिङ खबर/आगामी आर्थिक वर्ष २०८०–८१ का लागि आन्तरिक राजस्व विभागले आन्तरिक राजस्वसँग सम्बन्धित क्षेत्रका लागि सर्वसाधारण तथा सरोकारवालासँग सुझाव मागेको छ।

विभागले एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको आर्थिक ऐन तथा बजेट तर्जुमाका लागि सुझाव मागेको हो। आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, विद्युतीय सेवा कर तथा समग्र कर प्रणाली सुधारका विषयमा सरोकारवालाले सुझाव दिन सक्ने विभागले जनाएको छ।

सुझावहरु काठमाडौंको लाजिम्पाटस्थित विभागको नीति विश्लेषण शाखाको ४४११७८८ नम्बरमा फ्याक्स गरी वा policyird@ird.gov.np मा ई–मेल गरी दिन सकिनेछ।

Ad