Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

लघुवित्तको ब्याजदर १५ प्रतिशतभन्दा बढी छैनः राष्ट्र बैंक

२०७९ फाल्गुन १६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले कर्जामा १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने जनाएको छ । राष्ट्र बैंकले वित्तीय चेतनासम्बन्धी सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।

लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ। ‘हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी छैन’, राष्ट्र बैंकले भने।

लघुवित्त वित्तीय संस्थाले १५% भन्दा बढी ब्याजदर लिएको भए राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नेछन्। सहकारी, लघुवित्त र फाइनान्स फरक–फरक संस्था भएको र यी संस्थाले दिने सेवा र ब्याजदर फरक–फरक रहेको राष्ट्र बैंकले जनाएको छ।