सिन्धु विकास बैंकले बोनस सेयर जारी गर्न अनुमति पाएको छ । बैंकले प्रस्ताव गरेको १६.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८८ प्रतिशत नगद लाभांशलाई नेपाल राष्ट्र बैंकले गत शुक्रबार स्विकृति दिएको हो । उक्त बोनस सेयर पारित गर्नका लागि बैंकले आगामी कात्तिक २७ गते सातौ वार्षिक साधारणसभा बोलाएको छ ।
क्यापिटल मार्केट
सिन्धुले पायो बोनस जारी गर्ने अनुमति, २७ गतेलाई बोलायो साधारणसभा
२०७३ कार्तिक ७ गते
