Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकको ऋण लगानी ११ अर्ब ८२ करोडले बढ्यो, हेर्नुहोस् कुनको कति ?

२०७९ फाल्गुन ४ गते

बैंकिङ खबर/माघमा वाणिज्य बैंकको ऋण लगानी ११ अर्ब ८२ करोड रुपैयाँले बढेको छ । सञ्चालनमा २२ वाणिज्य बैंकमध्ये १० बैंकको ऋण लगानी पुस महिनाको तुलनामा बढेको छ भने ११ बैंकको ऋण लगानी घटेको छ । एक महिनाको माछापुच्छ्रे बैैकको ऋण लगानीमा कुनै परिवर्तन भएको छैन । बैंकले पुस मसान्तसम्ममा १ खर्ब ३३ अर्ब रुपैयाँ लगानी गरेको माघ मसान्तसम्ममा पनि ऋण लगानी १ खर्ब ३३ अर्ब रुपैयाँ नै छ । माघमा २२ बैंकहरुको कर्जा ११ अर्ब रुपैयाँले वृद्धि हुँदा एनआइसी एशिया बैंकको कर्जा लगानी मात्रै १५ अर्ब ५१ रुपैयाँले बढेको छ । एनआइसी एसियाको कर्जा लगानीको वृद्धिदर कम भएको भए माघमा समग्र वित्तीय संस्थाको कर्जा लगानी ऋणत्मक हुने थियो ।

पुसको तुलनामा माघ मसान्तमा एनआइसी एशिया बैंकको ऋण लगानी १५ अर्ब ५१ करोड रुपैयाँले बढेको छ । यस्तै, १ महिनामा लक्ष्मी बैंकले २ अर्ब १७ करोड रुपैयाँले लगानी बढाउँदा कुमारी बैंकको लगानी २ अर्ब ७ करोड रुपैयाँले बढेको छ । सिद्धार्थ बैंकको लगानी १ खर्ब ४७ करोड रुपैयाँ एनएमबी बैंकको लगानी १ अर्ब ३१ करोड रुपैयाँ, हिमालयन बैंकको लगानी १ अर्ब २० करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकको लगानी १ अर्ब १५ करोड रुपैयाँले बढेको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकको लगानी एक महिनाको अवधीमा ५२ करोड र नेपाल बैंकको ३९ करोड रुपैयाँले बढेको छ । २२ वाणिज्य बैंकमध्ये एक महिनाको अवधीमा सबै भन्दा धेरै लगानी स्टाण्डर्ड चाटर्ड बैंकको घटेको छ । चाटर्डको लगानी २ अर्ब ५८ करोड रुपैयाँले घटेको छ । त्यसैगरी, दोस्रो धेरै लगानी घट्नेमा प्रभु बैंक छ । एक महिनाको अवधीमा प्रभुको लगानी २ अर्ब ५१ करोड रुपैयाँले घटेको छ ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जा लगानी २ अर्ब १७ करोड रुपैयाँ, नेपाल एमबिआई बैंकको लगानी १ अर्ब ४३ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको लगानी १ खर्ब २५ करोड र सरकारी स्वामित्वको कृषि विकास बैंकको कर्जा लगानी १ खर्ब २५ करोड रुपैयाँले घटेको छ । यस्तै, नबिल बैंकको लगानी १ अर्ब १४ करोड रुपैयाँ, एभरेष्ट बैंकको लगानी १ अर्ब ९ करोड रुपैयाँ, सिटिजन्स बैंकको लगानी ४२ करोड रुपैयाँ, सानिमा बैंकको लगानी २४ करोड रुपैयाँ र सिभिल बैंकको लगानी ६ करोड रुपैयाँले घटेको छ ।

माघमा ११ अर्ब ८२ करोड रुपैयाँले कर्जा लगानी बढाएका वाणिज्य बैंकले समग्रमा माघ मसान्तसम्म ४२ अर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छ । पुस मसान्तसम्म यस्तो कर्जा लगानी ४२ खर्ब ७८ अर्ब रुपैयाँ थियो । पुस महिनमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ५४ अर्ब ५४ करोड रुपैयाँले बढेको थियो । मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४२ खर्ब २३ अर्बमा सिमित थियो । असार मसान्त सम्ममा वाणिज्य बैंकले ४१ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । साउनमा बाणिज्य बैंकको कर्जा लगानी १ अर्ब ६९ करोड रुपैयाँले बढेर ४१ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको थियो ।

भदौमा १३ अर्ब ७५ करोड रुपैयाँले कर्जा लगानी बढेर ४१ खर्ब ९० अर्ब रुपैयाँ पुग्यो । असोज महिनामा बैंकको कर्जा ३० अर्ब ४ करोड रुपैयाँले वृद्धि भई ४२ खर्ब २० अर्ब रुपैयाँ पुग्यो । कात्तिकमा १ अर्ब २६ करोड रुपैयाँले कर्जा विस्तार हुँदै समग्रमा वाणिज्य बैंकको कर्जा लगानी ४२ खर्ब २१ करोड रुपैयाँ पुगेको थियो ।